दफा ७
अनुगमन तथा पुनरावलोकन
७. अनुगमन तथा पुनरावलोकन
७.१. यस नीतिको कार्यान्वयन पक्षलाई समन्वयात्मक रूपमा अनुगमन गर्न देहायबमोजिमको उच्चस्तरीय अनुगमन समिति रहनेछ । यस समितिको प्रथम बैठक यो नीति कार्यान्वयनमा आएको मितिले ६ महिनाभित्र बस्नेछ । त्यसपछिका बैठक आवश्यकताअनुरूप बसी नियमित रूपमा अनुगमन गर्ने कार्य हुनेछ ।
७.२.नेपाल सरकारले दूरसञ्चार क्षेत्रमा भैरहेको दु्रत विकासलाई ध्यानमा राखी यससम्बन्धी नीतिलाई नियमित रूपले पुनरावलोकन गर्दै जानुपर्ने अनिवार्यता महसुस गरी दूरसञ्चार नीति २०६० कार्यान्वयनमा ल्याइएको छ । दूरसञ्चार नीतिको पुनरावलोकन कार्यलाई समयबद्ध रूपमा निरन्तरता प्रदान गरिनेछ ।